फिफाद्धारा घुस लिएको आरोपमा गणेश थापालाई १० वर्ष प्रतिबन्ध, २० हजार स्वीस फ्रान्क जरिवाना

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको अनुशासन समितिले  अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापा २० हजार स्वीस फ्रांक जरिवानासहित फुटबल खेलबाट १० वर्षसम्म प्रतिबन्ध लगाएको छ।
 
उनलाई  सन् २००९ र २०११ मा सम्पन्न एसियन फुटबल फेडेरेसन कंग्रेसको चुनावका क्रममा  अनियमितता गरेको र घुस लिएको  आरोप लागेको छ। यस्तो घुस उनले आफ्नो र परिवारको फाइदाका लागि लिएको सो समितिले जनाएको छ। सेतोपाटीमा समाचार छ ।