चर्चित बलिउड अभिनेता सइद जाफरीको निधन

गान्धी, सतरञ्जके खिलाडी, राम तेरी गंगा मैली जस्ता फिल्मका चर्चित अभिनेता सइद जाफरीको निधन भएको छ । हलिउड फिल्ममा समेत अभिनय गरेका सइदको ८६ वर्षको उमेरमा बेलायतमा निधन भएको हो ।
 
केही राष्ट्रिय अवार्डसमेत जितेका सइदले सन् १९६८ देखि २००६ सम्म फिल्ममा काम गरेका थिए । 
 
तीन सन्तानका पिता सइदले मधुर जाफरीसँग बिहे गरेका थिए तर, जम्मा ७ वर्ष मात्र सम्बन्ध टिकेको थियो । – एजेन्सी