विश्वहिन्दू परिषदका संरक्षक तथा संस्थापक अशोक सिंघलको ८९ वर्षको उमेरमा निधन

विश्वहिन्दू परिषदका संरक्षक तथा संस्थापक अशोक सिंघलको ८९ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहँदै आएका सिंघलको स्वास्थ्य दुई दिनअघि अचानक बिग्रिएपछि नयाँ दिल्लीस्थित मेदान्त अस्पताल भर्ना गरिएकोमा मंगलबार दिउँसो उनको निधन भएको हो ।
हिन्दूत्वका अभियन्ता सिंघलकै पहलमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको थियो । उनले नै अयोध्यामा राममन्दिर निर्माणका लागि रकमसमेत जुटाउन अभियान चलाएका थिए ।
बनारस हिन्दू विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका सिंघलले आफ्नो जीवन राष्ट्रिय स्वयंसेवक संघको प्रचारकको रुपमासमेत बिताए । (एजेन्सी)