आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ वीकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाएर २ सय २४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पारस खड्काले ८१ बलमा ५ चौकाको मद्धतले ५८ रन बनाए । सागर पुनले ९२ बल खेल्दै ४७ रन बनाए । ज्ञानेन्द्र मल्लले ३६ रन, मेहबुब आलमले १५ बनाए । नेपालका दुबै ओपनर शून्यमै आउट भएका थिए । निकै बलियो बलिङ प्रस्तुत गरेको पपुवाका लागि भानुवा र भालाले ३