नेपालमा समाजसेवा गर्दै आएकी अमरिकी युवती म्यागी डोयन सन् २०१५ को सिएनएन हिरो विजेता बनेकी छन् ।
अन्तिम १० छनोटमा परेका प्रतिस्पर्धीमध्ये भोटिङका आधारमा डोयन सिएनएन हिरो घोषित भएकी हुन् । न्यूयोर्कमा गरिएको कार्यक्रममा उनलाई विजेता घोषित गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कार पाएकी छन् ।
नेपालबाट यसअघि अनुराधाका कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् । अमेरिकाको न्यूजर्सीकी २८ वर्षीया डोयनले सन् २०१० मा सुर्खेतमा कोपिला विद्यालय स्थापना गरी गरिब तथा असहाय बालबालिकालाई अध्ययनको अवसर दिएकी थिइन् ।
यो विद्यालयमा २ सय ५० भन्दा बढी बालबालिका अध्ययनरत छन् । त्यसपछि उनले सन् २०१३ मा कोपिला उपत्यका महिला केन्द्र स्थापना गरी महिलालाई सीप विकासको तालिम दिँदै आएकी छन् ।
सिएनएन हिरो घोषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेमा धन्यवाद दिएकी छन् । इमेजखबरमा समाचार छ ।