ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी मनाइयो

आज(आइतबार) ठूलो एकादशी अर्थात हरिबोधनी एकादशी । हिन्दू धर्मावलम्बीहरु भगवान विष्णुको आराधना गरी हरिबोधिनी एकादशी मनाउँदैछन् ।
असार शुक्ल एकादशीका दिन जलमा शयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ । नारायण शयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।
यो एकादशीलाई ठूलो एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् । यस अवसरमा काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, इचंगुनारायण, विशंखुनारायण, शेषनारायण र चाँगु नारायणमा भक्तजनको मेला लागेको छ । इमेजखबरमा समाचार छ ।