नाकाबन्दीको विरोधमा कलाकारहरु पनि सडकमा उत्रिए

लामो समयदेखिको नाकाबन्दीले जनजीवन उकुसमुकस हुन थालेपछि यसको विरोधमा कलाकारहरु पनि सडकमा उत्रिएका छन् । आज दिउँसो राजधानीको रत्नपार्कबाट आयोजित जागरण र्‍यालीमा कलाकारहरुले मधेस समस्या समाधान गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न माग गरेका थिए ।
कोमल वली, बद्री पंगेनी, दीपकराज गिरी, बसुन्धरा भुसाल, सिराताम कट्टेल (धुमुर्स), कुञ्जना घिमिरे (सुन्तली), शिवहरि पौडेल, किरण केसी, अशोक शर्मा, करिश्मा मानन्धर, भुवन चन्द, रमेश बुढाथोकी, रमेश उप्रेती, नवल खड्का, रेजिना उप्रेती, हरिहर शर्मा, केपी पाठक, टिका भण्डारी, अरुण रेग्मी, आरपी पन्त लगायत सहभागी थिए । र्‍याली चलचित्रकर्मी राष्ट्रिय जागरण अभियानले आयोजना गरेको हो । ईकान्तिपुरमा समाचार छ ।