त्रेता युगदेखि निरन्तर मनाइँदै आएको रामजानकी ‘भगवान राम र सीताको वैवाहिक कार्यक्रम’ महोत्सव रद्द

त्रेता युगदेखि निरन्तर मनाइँदै आएको रामजानकी विवाह महोत्सव रद्द भएको छ। एक हप्तादेखि चलिरहेको विवाहोत्सवको प्रमुख क्षण ‘भगवान राम र सीताको वैवाहिक कार्यक्रम’ बुधबार एकाएक रद्द गरिएको हो।
विराेधकाबीच राष्ट्रपति विद्या भण्डारीले रामजानकी विवाह महोत्सव अवसरमा जानकी मन्दिर दर्शन गरेपछि सुरु भएको झडप नियन्त्रण बाहिर गएपछि उत्सव रद्द गरिएको जानकी मन्दिर महन्थका उतराधिकारी रामरोशन दासले जानकारी दिए। उत्सव रद्द गरिए लगत्तै भारतको अयोध्याबाट प्रत्येक वर्ष झैं आएका जन्ती फर्किन थालेका छन्।
त्रेता युगमा भगवान राम र सीताबीच भएको वैवाहिक कार्यक्रमलाई जीवन्त राख्न जानकी मन्दिरमा प्रत्येक वर्ष प्रतिकात्मक विवाहोत्सव मनाइँदै आएको छ। यसपाली पनि सोही रुपले मैथिली परम्परा अनुसार विवाहको तयारी स्वरुप गरिने रामलिला, तिलकोत्सव, मटकोरलगायतको सम्पुर्ण कार्यक्रम पुरा गरी मन्दिरका महन्थलगायत पुजारी टोली र श्रद्धालु महिला स्वंयवरको तयारीमा जुटिसकेका थिए।
सोही अवसरमा करिब साढे ११ बजे राष्ट्रपति विद्या भण्डारी दर्शनका लागि जानकी मन्दिर प्रवेश गरिरहँदा बाहिर सबै गेटमा ठूलो संख्यामा रहेका प्रदर्शनकारीले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीसमेत सहभागी रहेको राष्ट्रपतिको जानकी मन्दिर दर्शन कार्यक्रमलाई सुरक्षा दिन चारैतिर नेपाली सेना तैनाथ गरिएको थियो भने सशस्त्र र नेपभल प्रहरीका डिआइजी, एसएसपीलगायत उल्लेख्य संख्यमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर, पनि आन्दोलनकारीले मन्दिरबाट निस्किने बेला राष्ट्रपति चढेकै गाडीमाथि ढुंगा प्रहार ग