चीनको सान्यामा शनिबार राति भएको मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको उपाधि स्पेनकी सुन्दरी मिरेइया लालागुना रोयोले जितेकी छिन्।
प्रतियोगितामा रुसकी सुन्दरी फर्स्ट रनर अप भइन् भने इन्डोनेसियाकी सुन्दरी सेकेन्ड रनर अप भइन्। टप फाइभमा जमैका र लेेबनानकी सुन्दरी पनि परेकी थिइन्।