फिफाले अध्यक्ष सेभ ब्लाटर र युइएफएका अध्यक्ष मिचेल प्लाटिनीमाथि ८ वर्षे प्रतिवन्ध लगाएको छ ।
फिफाको नैतिक समितिले सोमवार ब्लाटर र प्लाटिनीमाथि फुटबलसम्बन्धि सम्पूर्ण गतिविधिबाट अगल राख्दै ८ वर्षे प्रतिबन्ध लगाएको हो । ७९ वर्षीय ब्लाटर सन् १९९८ देखि लगातार फिकाको अध्यक्ष भएका थिए ।
तर फिफाको नैतिक समितिले ८ वर्षे प्रतिबन्ध लगाएसँगै फुटबल प्रशासकको जिम्मेवारी निभाउँदै आएका ब्लाटरको फुटबल जीवन टुंगिएको छ । ब्लाटर र मिचेलले फिफाको नेतृत्वमा हुँदा आफ्नो स्वार्थ पूर्तिका लागि फिफाको आचारसंहिता र नियम उल्लंघन गरेको नैतिक समितिको ठहर छ ।
गएको फेब्रुअरी २६ मा भएको फिफा अध्यक्षको चुनावबाट अध्यक्ष निर्वाचित भएका ब्लाटरले अध्यक्ष भएको केही दिनमै राजीनामा दिएका थिए ।
सन् २०११मा प्लाटिनीलाई फिफावाट दिएिको १ दशमलब ३ मिलियन युरोको भुक्तानीको शिर्षक नखुलेकाले त्यसलाई अनाधिकृत ठहर गर्दै ब्लाटर र प्लाटिनीमाथि प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैगरी नैतिक समितिले ब्लाटरलाई ५० हजार र प्लाटिनीलाई ८० हजार स्वीस् फ्रयांक जरिवाना पनि तोकिएको छ । एजेन्सी