हिन्दी चलचित्रकी प्रख्यात अभिनेत्री साधना शिवदासानीको शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी साधनाको ७४ वर्षको उमेरमा मुम्बईको हिंदुजा अस्पतालमा निधन भएको हो ।
‘आरजु’, ‘मेरे मेहबुब’, ‘लव इम शिमला’, ‘मेरा साया’ जस्ता दर्जनौं चलचित्रकी अभिनेत्री साधनाको निधनप्रति बलिउडका हस्तीहरुले श्रद्धान्जलि अर्पण गरेका छन् ।
गत वर्ष मुखको क्यान्सरको सफल शल्यक्रिया गरेकी साधनाको साधारण बिरामीका कारण निधन भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी