नयाँ वर्ष सन् २०१६ विश्वभर भव्य स्वागत

अग्रेजी पात्रो अनुसार आज शुक्रबारबाट नयाँ वर्ष सन् २०१६ औपचारिक रुपमा प्रारम्भ भएको छ ।
सन् २०१५ लाई विदाई गरिएपछि राती १२ बजेबाट नयाँ वर्ष २०१६ को प्रारम्भ भएको हो ।
नयाँ वर्षको औपचारिक सुरुवात भएसँगै विश्वभरका मानिसहरुले आआफ्नो देशमा हर्षोल्लासपूर्वक बिभिन्न मनोरञ् जनात्मक कार्यक्रम गरी यसको भव्य स्वागत गरेका छन् ।
नेपालको राजधानी काठमाडौं लगायत देशभरका प्रमुख शहरमा रातभर बिभिन्न कार्यक्रम गरिएका छन् । यस्तै, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका देशमा पनि नयाँ वर्षको भव्य स्वागत गरिएको छ ।