माघे संक्रान्ति पर्व आज ! मुलुकभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्यहरु गरी मनाइदैँ

माघे संक्रान्ति पर्व आज मुलुकभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्यहरु गरी मनाइदैँछ । 
आजदेखि सुर्य धनु राशिवाट मकर राशिमा प्रबेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । सौरमानको गणनाबमोजिम आजदेखि ४ महिनासम्म सुर्य उत्तरायणमा प्रबेश गर्ने र धार्मिक मान्यता अनुसार सुर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकाले शुभ कर्महरु पनि यसै बेला समपन्न् गर्ने गरिन्छ ।
माघे संक्रान्तिका अवसरमा आज भक्तजनहरु विहानैदखि पवित्र नदी, त्रिवेणी, तलाउ, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आज विशेष गरि चितवनको देवघाट, गुल्मीको रिडी, झापाको कन्काई लगायतका नदीमा स्नान गर्नेको भीड लाग्ने गर्दछ । आज देखि दिन लामो हुने र रात छोटो हुने विश्वास रही आएको छ । लड्डु तथा घिउ चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा घ्यो चाकु सँल्हुँ भनिन्छ ।
थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । तराईको पूर्वदेखि पश्चिमसम्मका राजधानीमा बसोवास गर्ने थारुहरुले आज टुँडिखेलमा माघीका अवसरमा कार्यक्रमको समेत आयोजना गरेका छन् ।  नेपालका संचारमाध्यममा समाचार छ ।