थारु र मगर समुदायले काठमाडौंमा विभिन्न कार्यक्रम गरी माघी पर्व मनाए

थारु र मगर समुदायले शुक्रबार राजधानीमा पनि विभिन्न कार्यक्रम गरी माघी पर्व मनाएका छन् ।
काठमाडौंको दशरथ रंगशालामा परम्परागत् भेषभूषामा सहजिएर भेला भएका थारु समुदायले माघी पर्व मनाएका हुन् ।
विशेषगरी सुदूर तथा मध्यपश्चिमबाट काठमाडौं आएर विभिन्न पेशा र व्यवसायमा संलग्न थारु समुदायको सहभागिता रहेको माघी महोत्सवको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाल साँस्कृतिक विविधता र आपसी एकताकै बीचबाटै अघि बढ्ने बताए ।
उनले मुलुकमा रहेका सबै जातजाति, भाषाभाषीको चाडपर्वलाई सरकारले समान महत्व र सम्मान दिने पनि बताए ।
कार्यक्रममा अरु वक्ताहरुले थारु समुदायको हित र उत्थानका लागि सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
यस्तै, मगरमाघीको अवसरमा शुक्रबारै राजधानीको खुल्लामन्चमा पनि मगर समुदायले विशेष कार्यक्रमको आयोजना गरे ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मगरहरुको संस्कृति विशिष्ट रहेको बताए ।
कार्यक्रममा परम्परागत् साँस्कृतिक भेषभूषामा सजिएका मगर समुदायका मानिसहरु सहभागी थिए ।   – इमेजखबरमा समाचार छ ।