नेपाल प्रहरीले उपत्यकाका फुटसलमाथि लगाएको प्रतिबन्ध एक दिनपछि फुकुवा गरेको छ। प्रहरीले शुक्रबार फुटसल सञ्चालकहरुसँगको छलफलपछि व्यवस्थित तवरले अनुगमन र नियमन गर्ने गरी फुटसल सञ्चालनमा आउने बताएको छ।
यसअघि बिहिबार काठमाडौं प्रहरीले कर नतिरेको, फुटसल खेल्ने ठाउँ वरपर होहल्ला भएको र फुटसलमा दुर्व्यसनी बढेको भन्दै उपत्यकाका फुटसलमा प्रतिबन्ध लगाएको थियो। सेतोपाटीमा समाचार छ ।