रिडीमा माघे सक्रान्ति नुहाउनेको विहानै देखि भिड छ। तीन दिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास अनुसार श्रद्वालुहरु स्नान गर्न आउने गर्छन्।
चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रूरू (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड बढेको हो। ४० बर्ष देखि लगातार रिडीमा नुहाउन आएका ७७ बर्षिय गुणानीधि शर्माले आफूलाई माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा सन्तोष नहुने बताए । अर्घाखाँचीको ढिकुराबाट हिँडेरै रिडीमा नुहाउन आएका उनले आगामी बर्षहरुमा पनि मन शान्तिकालागि रिडी मेलामा आउने बताए । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋया, पितृ ऋषिको ऋण तिरिने धार्मिक विश्वास छ।
सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्मचल्ने छ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । मेलाअवधिभर सो क्षेत्रमा श्रीमद् भागवत महापुराण समेत संचालन गरिएको छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रूरू क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल वाहिर पनि उत्तिकै छ। नागरिकन्युजमा समाचार छ ।