सुटिङ गर्दागर्दै ‘हर्ट अट्याक’ भएपछि बलिउड अभिनेता राजेश विवेकका निधन

सुटिङ गर्दागर्दै ‘हर्ट अट्याक’ भएपछि ६६ वर्षीय बलिउड अभिनेता राजेश विवेकका निधन भएको छ । हैदरावादमा एक दक्षिण भारतीय फिल्ममा अभिनय गरिरहेको बेला हर्ट अट्याक भएपछि उनलाई हैदरावादकै एक अस्पताल पुर्‍याइएका थियो । उपचारकै क्रममा उनकाे निधन भएकाे हाे 
श्याम बेनेगल निर्देशित ‘जुनुन’ फिल्मबाट बलिउडमा डेब्यु गरेका राजेश आमिर खानसँग अभिनय गरेको फिल्म ‘लगान’ मा निभाएको ‘गुरन’ को भूमिकाबाट चर्चित भएका थिए । तीसभन्दा बढी फिल्ममा अभिनय गरेका उनी राजेश त्रिदेव, अग्नीपथ, राम तेरी गंगा मैलीजस्ता फिल्मबाट बढी चिनिन्छन् ।
उत्तर प्रदेशको जौनपुरबाट एमए गरेका राजेशले पछि दिल्लीस्थित