हरियाणा गुडगावमा एउटा गमला फुटालेको बदलामा गुल्मी नयाँ गाउँका २१ बर्षीय केशब गमालले आत्मा हत्या गर्नु पर्यो

बाबु रोका मगर

हरियाणा भारत । एउटा गमलाको मूल्य बढीमा हजार पन्ध्र सय हुन सक्छ तर यहाँ केशब गमालले आफ्नै ज्यान दिनु पर्यो? नेपाल बाट नोकरीको तलास गर्दै आएका गुल्मी जिल्ला नयाँ गाउँ गाबिस वार्ड नम्बर ६ का २१ बर्षीय केशब गमालले भारतको हरियाणा गुडगाव स्थित आफुले काम गर्ने घरबेटीको घरमा पासो लगाएर आत्मा हत्या गरेका छन् ।
मृतक केशबले बिहान करिब ११ बजे घर मालिकको गाडी सफा गरि एकैछिन गाडी चलाएर  ल्याउने क्रममा गल्ति संग छिमेकीको गमला गाडीद्दारा फुट्न गएपछि उक्त गमलाको मालिक पछि पछि गएर केशबलाइ नराम्रो गालि गर्दै हातले पेट, टाउको गाला छाती अनि कपालमा समाउदै छिमेकीहरुको घरमा काम गर्ने अन्य मान्छेहरुको सामुन्ने नाराम्रो संग पिटाइ गरेका थिए केशबले रुदै फुटेको गमलाको क्षेतीपुर्ती गर्छु माफी दिनुहोस भन्दा पनि एकोहोरो पिटाइ गरेको भन्दै मृतक केशबका घर मालिक बाउछोरिले रुदै बयान दिएका छन् | पिटाइ गर्ने ब्याक्ति सुप्रिम कोर्टका वकिल खेरा हुन् उक्त घटना भए पछि केशबले आफुलाई धेरै मान्छेको सामुन्ने त्यसरी पिटेको सहन नसकी करिब दुइ बजे मालिक को ढोकाको चुक्कल लगाई आफ्नो सरमेन्ट रुममा आत्मा हत्या गरेका थिए ।
उक्त घटना भएपछी हरि रोका द्दारा मिडियालाई जानकारी गराई घटना स्थलमा पुलिस अनि नेपाली संघ संस्थाका पदाधिकारी नेपाली प्रवासी संघका गोपाल थापा र राजु न्युपाने नेपाली जनसम्पर्क समितिका बालकृष्ण पाण्डे, ललित जिसी, मणिराम पाण्डे  र नेपाली देश भक्त युवा समाज बाट बाबु रोका मगर, बाबुराम बन्जाडे हरि रोका र प्रवासी नेपाली जनसमाज भारतका बाबुलाल नेपाली लगायत अन्य नेपालीहरुको उपस्थितिमा केशबको सब लाइ लिएर वकिलको घर अगाडी नारावाजी गर्दै हरियाणा पुलिस संग दोषीलाई कडा कारवाही र पिडित लाइ मुवाजा दिने माग गरेका थिए । केशबको सबलाइ पोस्टमार्टम को लागि हिजो राति नै मर्चेन्टमा लगिएको थियो भने पोस्टमार्टम आज गरिदै छ ।
घटना भएपछी पछि वकिल घरमा नभएको वकिलका कामदारहरुले बताए | मृतक केशबको घरको आर्थिक अबस्था एकदम नाजुक छ बाबाको पहिल्यै नै स्वर्गवास भएको थियो भने दाजुको दुइ बर्ष अघि दिल्ली स्थित दुर्घटनामा परि मृत्यु भएको थियो अहिले घरमा सानो भाइ र आमा मात्र भएको मृतक केशबका छिमेकी बिष्णु कुवरले बताए | उक्त घटनाको छानबिन गर्ने जिम्मा हरियाणा पुलिसका सब इन्स्पेक्टर मुनिस कुमारले लिएका छन् भने नेपाली संघ संस्थाका सबै पदाधिकारीहरुले पिडित पक्षलाइ न्याय दिलाउनको निम्ति पुरा सहयोग गर्ने बताएका छन् ।