अर्घातोष गा.वि.स.का जनताहरुलाई प्रमाणपूर्जा वितरण

अर्घाखाँची डटकम २०७२ माघ १९ अर्घाखाँची
अर्घाखाँची जिल्लाको अर्घातोष गा.वि.स.का जनताहरुलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । अर्घातोषमा आयोजना गरिएको विशेष समारोहका बिच उपप्रधान एवं उर्जामन्त्री टोप बहादुर रायमाझीले प्रमाणपूर्जा वितरण गरेका हुन् । अर्घाखाँची जिल्लाको क्षेत्र नं. १ को तर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सदस्य समेत रहेका रायमाझीले जिल्लाको विकासको लागि जिल्लावासीहरु एक हुनुपर्नेमा जोड दिएका थिए ।
विशेष नापी कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नापी कार्यक्रममा खटिएको नापी टोलीका सदस्यहरुलाई समेत रायमाझीले सम्मान गरेका थिए ।
नापी कार्यालयले यही बैशाहख देखी असार मसान्तसम्म नापनक्सा भई जग्गा दर्ता गरी तयार पारिएको जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, प्रहरी नायव उपरिक्षक कमल प्रसाद खरेल सहित जिल्लमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधीहरु सहभागी भएका थिए । 
विशेष नापी कार्यालयले यस अघि नै विशेष समारोहका विच जिल्लाको चिदिका र सुवर्णखाल गा.वि.स.का जनताहरुको प्रमाणपूर्जा वितरण सम्पन्न गरिसकेको छ ।

हरीप्रसाद भुसालबाट 
तस्बिर डिल्लीराज घिमिरे

अन्य समाचारहरु