नागरिकले सरकार भएको महशुस गर्न नसकेको भन्दै अर्घाखाँचीमा स्थानीय सरकारको गठन

बसन्त श्रेष्ठ ‘छापेली’
अर्घाखाँची डटकम २०७२ माघ १९ अर्घाखाँची  
संबिधान जारी गर्दाको समय देखिनै बिरोध गर्दै आएको नेकपा माओबादी बिप्लब पक्षले अर्घाखाँचीमा जनसरकारको गठन गरेको छ । मगरात स्वयत्त प्रदेश अर्घाखाँची जिल्ला प्रतिनिधी सभाको प्रथम जिल्ला अधिवेशनबाट समिति गठन गरिएको हो ।  देशमा सरकार बिहिनताको अवस्था आएको, कालोबजारी, भ्रष्टाचार मौलाउदै गएको भन्दै सरकारको क्रियाशिलता नभएका कारण जनसरकारको गठन गर्नुपरेको अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्बर पोख्रेलले बताउनुुभएको छ । 
उहाँले जनतामा सत्ताको कुनै अनुुभूति नै नभएको कारण बैलल्पिक सरकारको रुपमा एक महिना भित्र जिल्लाका सबै वडाहरुमा समेत सरकार बिस्तार गरिने बताउनुभयो । उहाँका अनुसार उक्त सरकारले अब कालो बजारी, महङ्गी भ्रष्टाचारी बिरुद्धमा अभियान चलाउने छ । 
४० सदस्यिय जनप्रतिनिधी सभाबाट १५ सदस्यिय नप्रतिनिधी परिषद् गठन गरिएको मंगलवार गरिएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । जनप्रतिनिधी परिषद्को उप्रमुखमा कुमार घर्ती रहनुभएको छ । त्यस्तै सभामुखमा खेम घर्ती सदस्यहरुमा खेमलाल घर्ती, टामलाल बस्याल, हुमबहादुर रायमाझी, कुलराज बञ्जाडे, मनु गिरी, महम गनी, माया नेपाली, गोबिन्द खनाल, यज्ञ कुमाल,  शिवलाल सुनार, डिलबहादुर बिक, दिपक गन्दर्भ, टोपबहादुर पुन र कृष्ण श्रेष्ठ लगायतका रहनुभएको छ । 
खबरदार श्रोत नखुल्याई अन्यत्र प्रयोग नगर्नु होला —- अर्घाखाँची डटकम

अन्य समाचारहरु