लियोनार्दोलाई यस वर्षको ओस्कार अवार्ड

 यस वर्षको ओस्कर पुरस्कार वितरण गरिएको छ । लियोनार्दो डि कैप्रियोले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त गरेका छन् । उनलाई दि रेवनन्ट फिल्मबाट यो पुरस्कार मिलेको हो ।
यसअघि चार पटक सर्वश्रेष्ठ नायकका लागि मनोनयनमा परेर पनि उनले यो पुरस्कार पाउन सकेका थिएनन् । दि रेवनन्ट फिल्ममा उनको भूमिकाको खुबै प्रशंसा भएको थियो ।
ओस्कार पुरस्कार छनोट समितिले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार भने ब्री लार्सनलाई प्रदान गरेको छ । उनले फिल्म रुमका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् ।
अमेरिकाको लसएन्जलसमा आयोजित ८८ औं ओस्कार पुरस्कार वितरण समारोहमा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार भने दि रेवनन्ट फिल्मका निर्देशक एजेजांद्रो जी इनारितुले प्राप्त गरे ।
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचरको पुरस्कार एमीलाई दिइएको छ । एमीका निर्देशक भारतीय मूलका निर्देशक आसिफ कपाडिया हुन् । एजेन्सी