सन्धिखर्क देखि ढिकुराको डेभा सम्म पहिलो पटक बस सेवा सन्चालन, स्थानियबासीहरुमा खुशीयाली (फोटो फिचर)

ढिकुरा, अर्घाखाँची (अर्घाखाँची डट्कम ) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि ढिकुरा गाबिसको डेभा सम्म बस सेवा सूचारु भएको छ । पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशी छाएको छ । 

स्थानियबासी र  पश्चिम नेपाल बस व्यवसायी संघको सक्रियतामा पहिलो पटक सन्धिखर्क देखि ढिकुराको डेभा सम्म मिनि बस सन्चालनमा आएको हो । 

बस दैनिक रुपमा बेलुका ४ बजे सन्धिखर्कबाट ढिकुरा गैराकोट हुँदै डेभा सम्म सन्चालनमा आउने भएको छ। साथै नियमित बिहान डेभाबाट सन्धिखर्कको लागि छुट्ने छ ।  केही वर्ष अघि देखि नै सन्धिखर्क-धनचौर, पाकु सम्म नियमित जीप सन्चालन हुँदै आएका छन् । साथै यसअघि सानो बाटोका कारण साना बाहेक ठुला सवारीसाधन चल्न सकेका थिएनन । 
साथै केही समयपछि बस सेवालाई धनचौर, पाकु सम्म विस्तार गरिने छ । उता अर्घाखाँचीका कयौ गाबिस-गाउँमा यस अघि नै जीपका साथै बस सेवा सन्चालन आईसकेका छन् र यातायातका सेवा  विस्तार गर्ने क्रम जारी छ । 
यो पनि हेर्नुस् : 

अन्य समाचारहरु