महाशिवरात्रिको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिद्धारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ पशुपतिनाथको दर्शन तथा पूजा-आराधना गरेकी छन् ।
महाशिवरात्रिको अवसरमा सोमबार साँझ राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा पुगेकी हुन् ।
विशेष सुरक्षाबीच मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले त्यहाँ पूजा गर्नुकासाथै प्रसाद ग्रहण गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी फर्केलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथको दर्शनका लागि गएका थिए ।
उपराष्ट्रपति पुनले पनि मन्दिरमा दर्शन तथा पूजा गर्नुकासाथै प्रसाद ग्रहण गरे ।
यस्तै, राष्ट्रपति सँगै गएका पर्यटन तथा सँस्कृतिमन्त्री आनन्द पोखरेलले पनि भगवान पशुपतिनाथको दर्शन गरेका थिए । – इमेजखबरमा समाचार छ ।