कर्णप्रिय स्वरका धनि गायक सन्जिब पराजुलीले दर्शक, स्रोता माझ आफ्नो पहिलो एल्मब ‘सुनय’ लिएर आउँदैछन | उनको ‘सुनय’ एल्बम भित्रकै ‘झिलमिल झिलमिल’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ |
होमनाथ न्यौपानेको शब्द रचना रहेको ‘झिलमिल झिलमिल’ बोलको गीतमा दिपक भट्टराईको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। लक्ष्मण पौडेले निर्देशन गर्नु भएको उक्त गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतको जोडीलाई देख्न सकिन्छ ।
पहिलो नेपाली ताराबाट गायकको रुपमा प्रस्तुत भएका विराटनगरका संजिव पराजुली करिब ८ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्।
लामो समयपछि उनले पहिलो एल्बम ‘सुनय’ मा समावेश ‘झिलमिल झिलमिल’ बोलको गीत लिएर दर्शकमाझ आएका छन् । दीपक भट्टराइको संगीत तथा होमनाथ न्यौपानेको शब्द रहेको यो गीतको भिडियोलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।
भीडियोमा प्रदिप बास्तोला र बर्षा राउतको मोडलिङ छ । आफ्नी प्रेमिकालाई प्रेमीले विभिन्न उपनाम यो गीतमा दिएको छ ।