बारामा सम्पन्न सातौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको विजय युथ क्लबले जितेको छ ।
सिमरा रंगशालामा शनिबार भएको फाइनलमा रुपन्देही-११ लाई ४-० को फराकिलो अन्तरले हराउँदै विजय युथले उपाधि जितेको हो ।
खेलमा विजय युथलाई जिताउनेक्रममा विमल रानाले ह्याट्रिक गरे । विजय युथका लागि सुनील बलले एक गोल गरे ।
उपाधिसँगै विजय युथले ५ लाख ५१ हजार तथा उपविजेता रुपन्देहीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको छन् ।
१० टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा विजयले त्रिभुवन आर्मी क्लबलाई तथा रुपन्देही