गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसले पु-याएको क्षतिलाई झल्काउने चित्रकला प्रदर्शनी आजदेखि राजधानीमा शुरु भएको छ ।
एघार छपन्न ए एम शीर्षकमा कलाकार ज्योति प्रकाश विकले बनाएका चित्रहरुको प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको हो ।
महाभूकम्पमा पुरिएर २२ घण्टापछि जिवितै उद्दार गरिएका १६ महिने बालक सोनिस अबालको हातबाट चित्रकला प्रदर्शनीको उद्घाट्न गरिएको थियो । इमेजखबरमा समाचार छ ।