एमाले सन्धिखर्कको संयोजकमा श्रेष्ठ र सचिवमा भुसालसहित ३१ सदस्यीय नगर कमिटीको चयन

संयोजक युवराज श्रेष्ठ (बाँया) र सचिव श्रीकृष्ण भुसाल
अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगर समन्वय कमिटीको संयोजकमा युवराज श्रेष्ठ चयन भएका छन् । 
एमाले जिल्ला कमिटी सचिवालयको वैठकले सचिवालय सदस्य  श्रेष्ठलाई संयोजकमा मनोनयन गरेको हो । यस्तै पूर्व जिल्ला कमिटी सदस्य श्रीकृष्ण भुसाललाई सचिवमा मनोनयन गरिएको एमाले जिल्ला कमिटीका उपसचिव प्रेमनारायण गैरेले जानकारी दिए । नगर कमिटी ३१ सदस्यीय रहेको छ ।
 कमिटीमा सन्धिखर्क नगरपालिका भित्रका जिल्ला कमिटी सदस्य, पूर्व जिल्ला कमिटी सदस्य, साविकका गाविसका अध्यक्षहरु सदस्य रहने व्यवस्था गरिएको जिल्ला कमिटी सचिव रामबहादुर चौहानले जानकारी दिए । 
वैठकले ०७३ जेठ १५ भित्र ०७२ को संगठित सदस्यता नविकरण अनिवार्य रुपमा गर्नुपर्ने, जेठ मसान्त भित्र गाउँ कमिटी र नगरपालिकाका वडाहरुका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जिल्ला कमिटी कार्यबाहाक अध्यक्ष जिबनारायण कोइरालाले  बताए । 

अन्य समाचारहरु