पालीमा खानेपानी सरसफाइ प्रशिक्षण कार्यक्रम सम्पन्न

राजु खनाल 
पाली, अर्घाखाँची  । “हामी सबैको एउटै रहर,पुर्ण सर सफाइ युक्त गाउँ सहर” पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाइ परियोजनाले अगाडि सारेको मुल नाराका साथ एक प्रशिक्षण कार्यक्रम आज अर्घाखाँची जिल्लाको पालीमा सम्पन्न भयो । 
जिल्ला खानेपानीका मोदनाथ पौडेल  र गा बि स सचिब नारायण भट्टराई द्वारा प्रशिक्षित सो कार्यक्रम मा ५ + १ बिषयक र सुचक अन्तर्गत चर्पिको प्रयोग , ब्यक्तिगत सरसफाइ,न्युन्तम आबस्यक तथा सुरक्षित पानीमा पहुच तथा प्रयोग,सुरक्षित खानाको प्रयोग,सफा र स्वच्छ घर आगन र बाताबरणिय सरसफाइ प्रसतुत बिषयमा प्रशिक्षण दिएको  थियो । 
गाबिसका विभिन्न संघ सस्थाका करिब ६० जना प्रतिनिधिको सहभागिता रहेको थियो । 

अन्य समाचारहरु