घनश्याम पौडेल
चुत्राबेसी, अर्घाखाँची । जनज्योती उच्च मावि सन्धिखर्क, चुत्राबेसी अर्घाखाँचीको ५३ औ वार्षिक उत्सव क्रार्यक्रम एक भव्य समारोहका विच सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसर पारेर विद्यालयमा विभिन्न खेलकुद प्रतियोगिता भलिवल, हाजिरजवाफ लगायत अन्य प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन भन्दै सुरुदेखिनै मिहनेतका साथ अध्ययन गरि आफनो उज्जवल भविश्य निर्माण गर्न यस विद्यालयलाई जिल्लाकै सामुदायिक विद्यालयतर्फ नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, समाजसेवि, बुद्धिजिवि विद्यार्थीहरु लागिपनुपर्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य व्यक्ताहरुले शिक्षाको खस्किदो गुणस्तरलाई सुधानुपर्ने भन्दै सबैले आ आफनो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेका थिए । जिल्लाकै एक नमुना विद्यालय भएकोले राम्रो सगँ अध्ययन गरी आगामी दिनमा पनि जिल्लाकै उत्कृष्ट विद्यालय वनाउन विद्यार्थीहरुको हात भएकोले सवै विद्यार्थीहरुलाई राम्रो सगँ अध्ययन गर्न अनुरोध गरिएको थियो ।
क्रार्यक्रम उक्त विदयालयका व्यवस्थापन समितीका अध्यक्ष धर्मराज वन्जाडेको अध्यक्षता, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी लिल वहादुर राउतको प्रमुख अतिथ्यता, विद्यालय निरिक्षक चोपलाल वेल्वासेको विशिष्ट अतिथ्तामा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक भिमलाल न्यौपाने, अर्घाखाँची शिक्षा क्याम्पसका प्राचार्य श्र्रीकृष्ण भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका पाचार्य दिनानाथ आर्चायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको क्रार्यक्रम विद्यालयका शिक्षक विष्णु भुसालको सञ्चालनमा सम्पन्न भए भएको थियो ।
तस्विर:- घनश्याम पौडेल, अर्घाखाँची डट्कम