मिस नेपालः अस्मी श्रेष्ठ
मिस नेपाल अर्थःरोशनी खत्री
मिस नेपाल इन्टरनेशनलःवर्षा लेखी
मिस ट्यालेन्टः श्रीजना रेग्मी
मिस कन्फिडेन्ट : रोशनी खत्री
मिस पर्सनालिटी : रोशनी खत्री
प्रतिस्पर्धीलाई उछिन्दै अश्मि श्रेष्ठ मिस नेपाल- २०१६ भएकी छन् ।
शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा अश्मि मिस नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइदिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । विजेता भएवापत उनले विभिन्न पुरस्कार पनि पाएकी छन् ।
मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।
काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो । कान्तिपुरमा समाचार छ ।