क्षितिज खनाल
भारतमा अहिले आइ पी एल को नबौ संस्करण सुरु भएको छ।भर्खरै टी-ट्वान्टी फर्म्याटको विश्वकप पनि सकिएको छ।यसको मतलब अहिले क्रीकेटिङ देशहरुमा क्रीकेटको माहोल तातेको छ । हिमालको काखमा अबस्थित देश नेपालमा पनि क्रीकेटको क्रेज बढ्दो छ । बिश्वमा क्रीकेटको जुनसुकै प्रतियोगिता होस नेपाली क्रीकेट समर्थकहरु पूरा जोस र जांगरका साथ आफुले मन पराएको टिमलाई समर्थन गर्छन । तर यहीँ बिचमा नेपाली क्रीकेट समर्थकलाइ एउटै कुराले पिरोल्छ – आखिर नेपालका लागि चिच्याउने दिन कहिले आउँछ ?
तर अब धेरै दिन कुर्नु पर्दैन । नयाँ बर्ष २०७३ को उमंग सगै सायद नेपाली क्रीकेटको काचुली फेर्ने दिन पनि आउदै छन् । यहीँ बैशाख ४ र ६ गते नेपालले दुई एक दिवसीय खेलहरु खेल्नेछ । World Cricket League Championship अन्तर्गत ICC World Cup Qualifier 2018 को लागि छनौट खेल खेल्न लागेको हो। खेल काठमाडौ को TU Ground मा हुनेछ ।
T20 बिश्वकप २०१४ मा छनौट भै पूरा जोश र जांगरका साथ भाग लिएर बिश्व समुदायको तन,मनमा राज गरेको नेपाली क्रीकेट त्यसपछि ओरालो लागेको छ । क्यानको आफ्नै समस्या, क्यान र खेलाडी बिचको मनमुटाव जस्ता थुप्रै कारणले ओरालो लागेको नेपाली क्रीकेट अब ICC World Cup 2019 मा छनौट हुने महत्वाकांक्षी सपना लिएर अघि बढेको छ ।तर बाटो भने झन पछि झन अप्ठ्यारो बन्दै गएको छ । यस छनौट चरणमा नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्यू गिनिया संग भएका दुई दुई खेल गरि लगातार चार खेलमा पराजित भएको थियो । यो प्रदर्शन संगै नेपाल बिना अङ्क तालिकाको पुछारमा छ । त्यसकारण नेपाललाई नामिबियासंगको खेल गर या मरको खेल भएको छ । उता नामिबिया भने हङकङ र केन्या संग भएका चार खेल मध्ये एक खेलमा मात्रै बिजयी भएको थियो । उसले एक खेलमा हङकङलाई पराजित गरेको थियो । त्यसकारण दुबै टोलीलाई यी खेल महत्त्वपूर्ण भएकाले खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यता प्रशिक्षक जगत टमाटाको टोलीको तयारी भने जोरतोडका साथ अघि बढिरहेको छ । त्यस्तै ICC को विशेष अनुरोधमा पुर्ब प्रशिक्षक पुबुध्दू दासानायके पनि नेपाली टोलीको प्रशिक्षणको लागि नेपाल आएका छन । नेपाली टोलीमा पारस खड्का (कप्तान ), ज्ञानेन्द्र मल्ल (उपकप्तान ), शक्ति गौचन, नरेश बुढाऎर, शरद भेषवाकर, विनोद भण्डरी, वसन्त रेग्मी, सोमपाल कामी,किरण केसी र राजेश पुलामी छन् । त्यस्तै पहिलो ११ मा ३ under 19 खेलाडी राजु रिजाल(विकेट किपर),स्पीनर सन्दीप लामिछाने र सुसन भारी पनि परेका छन् अतिरिक्त खेलाडीमा विक्रम सोप, दिपेन्द्र सिंह ऎरी, प्रेम तामाङ र अनिल मण्डल छन् ।
उता TU Ground को तयारी पनि जोरतोडका साथ अघि बढेर सम्पन्न हुने क्रममा छ । ICC का प्रतिनिधिहरुको निगरानीमा तयार भैरहेको रंगशालामा अन्य कुराका साथ सुरक्षाको पनि जोडदार बन्दोबस्त मिलाइएको छ । केही बर्ष अघि नेपाल र अमेरिका बिचको खेलमा नेपाली दर्शकहरुले ढुङ्गा फालेको कुरालाई मध्यनजर गर्दै पर्खाल पनि बनाइएको छ । त्यसकारण तीन बर्ष पछि नेपालमा हुन लागेको क्रीकेट प्रतियोगिता भब्य रुपमा सफल हुने अपेक्षा गरिएको छ र यो आयोजना सफल भएमा ICC का अन्य प्रतियोगिता नेपालमा गर्न बाटो खुल्ने छ ।
आशा गरौ नेपाली राष्ट्रिय टोलीले पुन देशको सिर सानले ठाडो पार्ने अबसर दिने छन् । शुभकामना नेपाली खेलाडीहरुलाई !!!
(लेखक भर्खर एसएलसी सकाएर बसेका बिध्यार्थी हुन ।)