इन्टरनेशनल कप: अफगानिस्तानसँग नामिबिया एक इनिङ र ३६ रनले पराजित

अफगानिस्तानका बलरहरुले धारिलो बलिङ गरेपछि इन्टरनेशनल कपमा नामिबिया एक इनिङ र ३६ रनले पराजित भएको छ।
भारतको ग्रेटर नोएडामा आफ्नो दोस्रो इनिङमा नामिबियाले ३५.३ ओभरमा सबै विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि पिकि या फ्रान्सले ४० र जेर्हार्ड इसमसले ३५ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनिय रन बनाउन सकेनन्।
अफगानीस्तानका जाहिर खानले ५ विकेट लिए भने द्वालत जर्दानले ३ र मोहम्म नाबीले २ विकेट हात पारे।
नामिबियाले आफ्नो पहिलो इनिङमा १७२ रन जोडेको थियो।
अफगानिस्तानले हिजो मोहम्मद सेहेजादको १३९ रनको मद्धतमा आफ्नो पहिलो इनिङमा नै ३३४ रन बनायो। यहि स्कोर अफगानीस्तानको जितका लागि पर्याप्त भयो। सेटोपाटीमा सम्चार छ ।