आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
सोमबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियामाथि लगातार दोस्रो जित हासिल गर्दै नेपालले कीर्तिमान बनाएको छ ।
यसअघि, स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग भएका चारओटै खेल हारेको नेपालले नामिबियाविरुद्ध भने दुबै खेल जितेको हो ।
नामिबियाविरुद्ध शनिबार पहिलो खेल ५ विकेटले जितेको नेपाल दोस्रो खेलमा ३ विकेटको जित हासिल गर्दै ८ टिम सहभागी लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
नामिबियाविरुद्धको दोस्रो खेलमा २४० रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्नेक्रममा ९४ बलमा ७ छक्का र ५ चौकाको मद्दतले १०३ रन बनाए ।