आई. पी. एल र नेपाली क्रीकेट

क्षितिज खनाल
क्रीकेट नेपालमा दिन प्रर्तिदिन लोकप्रिय हुँदै गैरहएको छ । सायद यसमा कुनै खालको सन्देह छैन । र अर्कोकुरा टि-२० फम्यार्टको क्रेज त झन संसारभरी जो बढिरहेको छ । भर्खरै टि-२० बिश्वकप पनि सम्पन्न भएको छ । र अहिले भारतमा टि-२० फर्म्याटमै आई पी एल को नबौ सस्करण शुरु भैसकेको छ । 
खेल भारतमा भएपनी नेपाली दर्शकहरुले पनि यसको मज्जाले मजा उठाईरहेका छन । वास्तबमा यश प्रतियोगितालाई “MELTING POT OF WORLD CRICKETERS” पनि भन्ने गरिन्छ । बिश्वभरका प्रसिद्ध क्रीकेटरहरु आएर एउटै टीममा विभिन्न देशका खेलाडीहरु मिलेर खेल्ने भएकाले यो प्रतियोगिता निकै लोकप्रिय भएको छ ।अहिले आई पी एल मा ८ टिम खेल्ने गराइएको छ । 
नेपालमा पनि आई पी एल प्रसिद्ध हुँदै गैरहेको छ । थुप्रै क्रीकेट समर्थकहरु पूरा जोस र जागरका साथ विभिन्न टीमलाई समर्थन गर्दै आइरहेका छन । यश प्रतियोगिताबाट नेपाली क्रीकेटले थुप्रै कुरा सिक्न जरुरी छ । यो प्रतियोगिता हेर्ने मात्र नभयर यसबाट सम्पुर्ण सम्बन्धित पक्षले थुप्रै कुरा सिक्न जरुरी छ । खेलाडीको मेहनत,लगानीकर्ताको लागानी तथा थुप्रै कुरा हामी आई पी एल मा देख्न सक्छौ ।
नेपाल सरकार,क्यान तथा राष्ट्रिय खेलकुद परिषद मिलेर एउटा क्रीकेट प्रत्तियोगिता गर्न जरुरी छ । प्रतियोगिता आई पी एल जत्रो भब्य त गर्न नसकियला तर नेपाली क्रीकेटलाई प्रस्पूटन गर्ने खालको हुनु पर्दछ ।यसका लागि सम्पुर्ण तयारी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिनु पर्दछ ।
क्रीकेट हाम्रो इज्जत हो र हामी एक अर्का सग लडेर केही हुनेवाला छैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।भारतलाई चुप गराउन खोज्ने हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर एउटा भब्य नेपाली क्रीकेट प्रतियोगिता गर्न जरुरी छ ।
               जय नेपाली क्रीकेट ।।।।