रोमान्चक बन्दै ला लिगा

क्षितिज खनाल
                
गए रातीको खेल सकिएसगै ला लिगा झन पछि झन रोमाञ्चक हुँदै गएको छ । उपाधी होडमा रहेका बिश्व फुटबलकै  महाशक्ति बार्सिलोना,एथ्लेटिको म्याड्रीड र रियल म्याड्रीड बिचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुँदै गईरहेको छ । 
                
गए रातिको खेलमा रियल म्याड्रीड्ले रियल भ्यालोकाना लाई ३ – २ ले, एथ्लेटिको म्याड्रीड्ले मालागालाई १-० ले तथा लिग लिडर बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६-० ले पराजित गरे। रियल म्याड्रीड ले २-० ले पछाडी परेको अवस्थालाई उल्टाएको थियो। रियल भ्यालेकानोका लागि एम्बार्बा र मिकुले, रियल म्याड्रीड्को लागि गेराथ बेल(२) र लिउकास(१) ले, एथ्लेटिकोको लागि एन्जेल कोरेयाले तथा बार्सिलोनाको लागि मेस्सी(१), स्वारेज(४) र नेइमार(१) ले गोल हानेका थिए।
अङ्कतालिकामा बार्सिलोना शिर्षस्थानमा छ भने उसलाई क्रमश एथ्लेटिको म्याड्रीड र रियल म्याड्रीड्ले पछ्याइरहेका छन् ।
बार्सिलोना र एथ्लेटिकोको समान ८२ अङ्क छ भने रियलको ८१ अङ्क छ। यी तीन क्लब को कडा प्रतिस्पर्धा र अब मात्र तीन खेल बाकी भएकाले ला लिगा झन रोमन्चक बन्दै गैरहेको छ ।