दिपेन्द्र श्रेष्ठ
रेसुंगा, गुल्मी १८ -बैशाख शनिबार । आयातित धर्म बहिस्कार गरौ सनातन धर्म रक्षा गरौ धर्म परिवर्तन गर्ने र गराउने विरुद्ध एक जुट बनौ धर्मको रक्षा हाम्रो अभियान अखण्ड नेपाल हाम्रो पहिचान भन्ने मूल नाराका साथ देशैभर एकै साथ चलिरहेको हिन्दु जागरण अभियान अन्तर्गत हिजो गुल्मीमा पनि हिन्दु जागरण युवा संघ गठन भइ आज केन्द्रिय कार्यालय काठमाडौँमा दर्ता भएको छ ।
धर्म परिवर्तन बिरुद्धको यस महाअभियान तथा धर्म द्वारा समाजको रुपान्तरण ,सेवा मुलक र धार्मिक जनचेतनामुलक कार्यक्रम र समाजमा बिध्यमान सामाजीक असमानता र छुवाछुत जस्ता कुसस्कारहरुको अन्त्य गर्ने मूल योजना बनाउदै गुल्मीमा पनि मुल कार्य समिति गठन भएको हो ।
गुल्मी घर भइ प्रवाशमा छरिएर बस्ने र हिन्दु धर्ममा चिन्तन राख्ने नेपालियुवाहरुको साथ् ,सहयोग,समर्थन र जिल्लमै भएका युवाहरुको जागरुपतामा छिटो र सरलताका लागि अनलाइन तथा सामाजिक संजालहरुको प्रयोगबाट सद्स्येता बढाउदै जादा हिजो पहिको चरण अन्तर्गत हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्द्को महा अभियान चलाई रहेका बाचन पण्डित शिरोमणि गुरुदेव रामकृष्ण उपाध्याय नेतृवको हिन्दु जागरण नेपाल अभियान र उक्त संस्थाको भातृ संगठनयुवा हिन्दू जागरण नेपालका अधक्ष्य पदम कुँवर नेतृवको अभियान अन्तर्गत हिजो गुल्मीमा पनि कार्य समिति गठन भएको छ ।
जस अनुसार-
महेस गैरेको अध्यक्षता र प्रेम सुनारको सम्यजक्त्वमा उपाध्यक्ष – श्री नारायण प्रभात मरासिनी सहउपाध्यक्ष – श्री सम्पुर्ण खनाल महासचिव – श्री राजन घिमिरे सचिव – श्री राम प्रसाद ज्ञवाली सहसचिव – श्री सागर न्योपाने कोषाध्यक्ष – श्री दुर्गाहरि घिमिरे उपकोषाध्यक्ष -श्री बिशाल गिरि सह कोषाध्यक्ष -श्रीमती अनिता पाण्डे प्रचारप्रसार बिभाग मा -श्री मनु सुनार,श्री नारायण पन्थी वरिष्ठ सल्लाहकार मा -श्रीराम गोपाल भण्डारी ,श्री जयप्रकाश भट्टराई ,श्री नारायण बराल ,श्री लोकनाथ भण्डारी , श्री केन्द्रिय सचिव मिलन चुडाल,बिध्या कार्की लगायतको टिमको मूल कार्य समिति दर्ता भएको छ ।
हिन्दू जागरण युवा संघ नेपाल का सस्थापक केन्द्रीय अध्यक्ष श्री पदम कुँवर का अनुसार हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन बिरुद्ध को हाम्रो महाअभियान सुरु भै सकेको ले सम्पूर्ण धार्मिक आस्था प्रति विस्वास गर्ने सम्पूर्ण सनातन मित्र हरुले सम्पर्क गर्न सक्ने र यस महाअभियान भित्र को एजेण्डाहरू हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन मुक्त नेपाल नयाँ हिन्दू राष्ट्र स्थापना शीक्षा बिकाश निकाश र रोजगार युक्त नेपाल जातीय छुवाछुत मुक्त जातीय समानता युक्त विश्वमाँ एक मात्र सनातन हिन्दू धर्म सासन युक्त नेपाल जस भित्र सम्पूर्ण धर्मालम्बीहरु आ-आफ्नो रीतिरिवाज भीत्र रहेर मनाऊंन पाउने तर धर्म को ब्यापार गर्न नपाइने बताउनु भयो।
यसै क्रम मा नभ गठित कार्य समितिका अध्यक्ष महेश गैरेका अनुशार गुल्मीमा पनि पेशाको लालच देखाई धर्म परिवर्तन तथा इशाई करण गर्ने र गराउने काम बढिरहेको देखिएको हुदा यस कार्य लाइ रोक लगाउन आफुले कुनै पनि कशर बाकि नराख्ने बताउनु भयो। त्यसै गरि उक्त समितिले गुल्मीमा हजार भन्दा बडी सदस्य बनाइसकेको छ। गैरेका अनुसार यतिबेला पधाधिकारीहरुले सद्स्येहरुको फोटो सहितको लोगो बनाउने ,आर्थिक रकम संग्कलन ,प्रचार प्रचार लगाएतका काममा तिब्र रुपले अगाडी बढेको बताउनु भएको छ । आउदा दिनहरुमा ,युवा जनजागरण भेला तथा प्रशिक्षण कार्यक्रम ,पोस्टर ,पर्चा ब्यानर बितरण ,जिल्ला र्याली लगाएतका कार्यक्रमको तयारि भैरहेको गैरेले बताउनुभयो ।