ढाकावाङ्ग मैत्री समाज गठन

बुटवल, २३ बैशाख । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविससंग विभिन्न प्रकृतिले साईनो जोडिएका व्याक्तिहरुको सहभागीतामा ढाकावाङ्ग मैत्री समाज गठन गरिएको छ । 
नेपाल भर र विदेशमा समेत रहेका ढाकावाङ्गवासीहरुको साझा चौतारीको रुपमा मैत्री समाज गठन गरिएको हो । जन्मथलो ढाकावाङ्गमा  विभिन्न सामाजिक काम गर्ने मुख्य उदेश्य राखिएको समाजको अध्यक्षमा नारायण बन्जाडे चयन भएका छन् । 
बुटवलमा गरिएको एक भेलाबाट उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा   केशव प्रसाद भुषाल, सह सचिवमा केशव खनाल, कोषाध्यक्षमा चुरामणि  बेल्वासे रहेका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण खनाल, लोकमणी बेल्वासे, प्रेम खनाल लगायत रहेका छन् । बैठकबाट बुटवल टुडे दैनिकका पत्रकार कृष्ण खनाललाई मिडिया संयोजकमा चयन गरिएको छ । 

अन्य समाचारहरु