आइपिएल : हैदरावादले गुजरातलाई ५ विकेटले हरायो

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले गुजरात लाइन्सलाई पाँच विकेटले हराएको हो । गुजरातले प्रस्तुत गरेको एक  सय २७ रनको लक्ष्य हैदरावादले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । 
हैदरावादका शिखर धवनले ४० बलमा नटआउट ४७, कप्तान डेविड वार्नरले १७ बलमा २४ तथा दिपक हुड्डाले १२ बलमा १८ रन बनाए । गुजरातका धवल कुलकर्णी र डवेन ब्राभोले दुई दुई विकेट लिए । यसअघि हैदरावादमा पहिले ब्याटिङ गरेको गुजरातले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय २६ बनायो । 
उसका  लागि एरोन फिन्चले ४२ बलमा नटआउट ५१, कप्तान सुरेश रैनाले १० बलमा २० तथा डवेन ब्राभो र रविन्द्र जडेजाले समान १८/१८ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । हैदरावादका भुवनेश्वर कुमार र मुस्ताफिजुर रहमानले दुई दुई विकेट लिए । 
१० खेलमा ६ मा विजयी र चारमा पराजित भएको गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ । यस्तै ८ खेलमा पाँचमा विजयी र तीनमा पराजित भएको हैदरावाद १० अंकसहित चौंथो स्थानमा छ ।