“पिरतीको गाउँमा” म्युजिक भिडियो सार्बजनिक ! मोडलिङमा रामु खनाल

 
काठमाडौं । माया गर्ने हरेक मायालु मन हरुले एक पटक अबश्य पनि हेर्नै पर्ने  तथा सुन्नै पर्ने भुवन बिश्वकर्मा तथा  कमला सेन्चुरीको स्वरमा रहेको  लोकदोहोरी गित “पिरतीको गाउँमा” को म्युजिक भिडियो शिबदर्शन डिजीटल प्रा.लि.  मार्फत हालै सार्बजनिक गरिएको छ । 
उक्त म्युजिक भिडियोमा हरेक मायालु जोडीहरुको मन छुने उत्कृष्ट  शब्द , संगीत , स्वर तथा अभिनयको संयोजन  रहेकोले सबैले एक पटक हेर्नै पर्ने उत्कृष्ट म्युजिक भिडियो निर्माण भएको रचनाकार  तथा गायिका गायत्री थापा बताउनु हुन्छ  ।  उक्त म्युजिक भिडियोमा शब्द अर्जुन सुनार , लय राजकुमार बि.क. तथा निर्देशन बिक्रम चौहानको रहेको छ। 
उक्त म्युजिक भिडियोमा रामु खनाल र निरुता शाही ठकुरीको उत्कृष्ट अभिनय रहेको छ | पेशाले फाइनान्स म्यानेजर तथा मोडल रामु खनालले आफु ब्यबसायिक रुपमा भन्दा पनि सोखको रुपमा कलाकारिता क्षेत्रमा लागेको बताउनु भयो । 
म्युजिक भिडियो बिहान ७ .०० बजे NTV + मार्फत प्रसारण भैरहेको छ।