गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री-११ र मुख्यसचिव-११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री-११ र मुख्यसचिव-११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मुख्य-सचिव टिमले प्रधानमन्त्री टिमलाई ३-२ गोलले पराजित गरेको हो ।
निर्धारित ६० मिनेटको खेलमा मुख्य-सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधव रेग्मीले १ गोल गरे ।
प्रधानमन्त्रीको टोलीबाट कानूनमन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १-१ गोल गरे । इमेजखबरमा समाचार छ ।