अर्घाखाँची सम्पर्क समिती यूएईद्वारा जुकेनाका अग्नि पीड़ितलाई राहत वितरण (फोटो फिचर )

डिआरजी सुमन
जुकेना, अर्घाखाँची २०७३ जेठ २४ गते सोमवार । जिल्लाको पश्चिम दक्षिण जुकेना गाविसमा अग्नीपीडीतको लागी राहत सामग्री हस्तान्तरण गरिएको छ । 
नेपालमा परेको लामो समयको खडेरीको कारण अर्घाखाँचीका विभिन्न गाविसहरु सहित जुकेनामा पनी करौडौको क्षती भएको थियो । जस मध्ये चुरा वहादुर सारु जुकेना ९ सान ढुंङग्रे,प्रेम वहादुर नेपाली जुकेना ८ क़लम कोट, खिम वहादुर विक,जुकेना १ धनचौरवाट दुर्गा वहादुर नेपाली,रुपा नेपालीको घर गोठ पुर्ण रुपमा क्षति ग्रस्त भएको थियो भने घरवाट उठेको आगोवाट भएको आगालागीमा क्षती भएको घर परिवारमा चुरा वहादुर विक जुकेना २ खिमेडाडा,गंगाधर वेल्वासे जुकेना ४ कालीमाटी,मान वहादुर पेङनी जुकेना ५ साना कल्लेरी,ज्योति वहादुर विक जुकेना ९ शीवादह पाकुरी टोल रहेको गावीस सचिव राम प्रसाद पौडेलले जानकारी गराउनु भएको छ ।
अर्घाखाँची सम्पर्क समितीको आर्थिक सहियोगमा जिल्लाको जुकेना गावीस राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । गाविसका ९ घर परिवारलाई प्रति परिवार १०० किलो चामल वितरण गरेको छ । यस गावीस सचिव राम प्रसाद पौडेलको सभापतित्व,समाजसेवी मणीराम अधिकारीको प्रमुख आथित्यता सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसाल,अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव डिल्लीराज घिमिरे,सिनेकर्मी प्रेम खड्का,स्थानीय राजनीतिक दलका नेता एवं समाजसेवीको आथित्यतामा जुकेना गाविसको प्रगाढ़मा भएको कार्यक्रमको संचालन सूरज पौडेलले गर्नु भएको थियो । कार्यक्रममा अग्नीपीडीत सहित स्थानीय वाँसीको उपस्थित,चन्द्रकला न्यौपानेको स्वागत मन्तव्य रहेको थिेयो ।
कार्यक्रममा राहत वितरणको मुल विषयमाथी मुक्तिनाथ भुसालले स्पष्ट पर्नु भएको थियो भने अर्घाखाँचीवासीको पीड़ा र विदेशमा रहने जिल्लावाँसीको सहयोगको विषयमा डिल्लीराज घिमिरेले प्रकाश पार्दै सहयोगी भावना जागृत गर्न सवैमा आग्रह गर्नु भएको थियो । यस्तै प्रमुख अथितीको तर्फवाट वोल्दै मणीराम अधिकारीले प्रवाशी अर्घाखाँचीवासी र राम प्रसाद अधिकारीले गर्नु भएको कार्यको खुलेर प्रशंसा गर्दै यस्तैकाम आफुवाट पनी सुरु गर्न सवैलाई आग्रह गर्नु भएको थियो । यस्तै सभापति एवं गावीस सचिव पौडेलले अर्घाखाँची सम्पर्क समिती यूएई र दुवईमा रहने अर्घाखाँचीवासीको यस प्रकारको सहयोगले जुकेनावासीको पिडामा मलम लगाएर सराहनीय काम गरेको वताउनु भयों। अर्घाखाँची सम्पर्क समिती युएईका उपाध्यक्ष राम प्रसाद अधिकारीको श्रीमती एवं समाजसेवी सरिता अधिकारीको हातबाट हस्तान्तरण गरिएको थियो।
अर्घाखाँची संपर्क समिती युएईले सुरु गरेको राहत सन्कलन अभियानले दुई चरणमा राहत हस्तानतरण गर्ने योजना बनाएको जानकारी अर्घाखाँची संपर्क समिती युएईका अध्यक्ष राजु खडकाले जानकारी दिनु भएको छ । पहिलो चरणमा जुकेना,धातिबाङ,खन र असुरकोट छन भने दोस्रो चरणको लागी सस्थाको परामर्श हुँदै रहको जानकारी आएको प्राप्त भएको छ। राहत सन्कलन अभियानमा दुबइ क्षेत्रीय समिती,रास अल खिमा क्षेत्रीय समिती,अबुदाबी क्षत्रिय समिती, लुम्बिनी वेल्फेयर समिती, धादिङ समाज, फुजेरा बाट बिरेन्द्र खडका, दुबइ बाट रुकमणी बेल्बासे लगायतका साथीहरु को सकृयता भएको हो । 
 तस्वीर: डिआरजी सुमन, अर्घाखाँचीडट्कम 

अन्य समाचारहरु