संगीतकार अम्बर गुरुङलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। प्रधानमन्त्रीको निर्देशनमा गुरूङलाई राष्ट्रिय सम्मान दिन लागिएको हो। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्ताव गरेका थिए।
गुरूङलाई दिइने थप सम्मान बारे बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने छ।
गुरूङलाई नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने मन्त्री पोखरेलले बताए।
गुरुङको आज बिहान २ बजेर ३७ मिनेटमा ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको आजै पशुपतिमा अन्तिम दाहसंस्कार गरिने छ। सेतोपाटीमा समाचार छ ।