पेरुले ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलमा



काठमाडौं, जेठ ३१ । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान
सकिएको खेलमा पेरुले ब्राजिललाई १
० ले पराजित गर्दै
क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । विवादास्पद खेलमा पेरुका लागि राउल
रुडियाजले ७५ औं मिनेटमा निर्णायक गोल गरे । हारपछि ब्राजिलको यात्रा भने समुह
चरणबाटै टुंगिएको छ । रुडियाजले गरेको गोल विवादास्पद बनेको हो ।

 ब्राजिलका खेलाडीले ह्याण्ड बल भन्दै गोल नभएको दाबी
गरे पनि रेफ्रीले गोल दिएपछि पेरुले अग्रता लिएको हो । अन्तिमसम्म दुबै टोलीबाट थप
गोल हुन सकेन । जसका कारण ब्राजिललाई पराजित गर्दै पेरु क्वाटरफाइनलमा पुगेको हो ।
ब्राजिलको यात्रा भने टुंगिएको छ ।

 आजै बिहान सम्पन्न अर्को खेलमा ईक्वेडरले
हाईटीलाई ४
० ले पराजित गर्दै क्वाटरफाइनलमा
प्रवेश गरेको छ ।
इमेजखबरमा
समाचार छ