(काठमाडौं) फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा बुधबारदेखि दोस्रो चरणका खेल सुरु
हुँदैछन् ।
नेपाली समयअनुसार बेलुकी पौने ७ बजे
रुस र स्लोभाकिया भिड्दै छन् । पहिलो खेलमा रुसले इंग्ल्यान्डसँग बराबरी खेलेको
थियो भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो ।
राति समूह ए दुई खेल हुँदैछन् । राति पौने १०
बजे स्वीट्जरल्यान्डको भिडन्त रोमानियासँग हुँदैछ ।त्यस्तै, राति (विहीबार बिहान) पौने १ बजे आयोजक फ्रान्सले
अल्बानियासँग खेल्नेछ ।

पहिलो चरणका खेलमा फ्रान्स र स्वीट्जरल्यान्ड
विजयी भएका थिए ।आजको खेलमा विजयी भए स्वीट्जरल्यान्ड र फ्रान्स आपसमा भिड्नुअघि
नै अर्को चरणमा पुग्नेछन् । इमेजखाबरमा खबर छ ।



