हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ

काठमाडौं । युरोकप अन्तर्गत रुस र इङ्ल्यान्डबीच भएको खेलका
क्रममा हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको
छ ।


पक्राउ परेकामध्ये १६ जनालाई
अस्पतालमा भर्ना गरिएको छ । फ्रान्सको लिलेबाट पक्राउ गरिएका उनीहरुलाई दंगामा
संलग्न भएको आरोप फ्रान्सेली प्रहरीले लगाएको छ । फ्रान्समा जारी युरो कपअन्तर्गत
गत बुधबार भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको थियो ।



 मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै
इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो । झडपका क्रममा कम्तिमा ३० जना घाइते
भएका थिए ।



 रुसी समर्थकले इङ्ल्यान्डका समर्थकमाथि आक्रमण
गरेपछि झडप शुरु भएको थियो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको
निन्दा गर्नुका साथै रुसी फुटबल संघलाई १ लाख ५० हजार युरो जरिवाना गरेको थियो ।
इमेजखबरमा खबर छ