काठमाडौं, आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा गत
वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो ।
समानजस्य र
शान्तिका लागि योग भन्ने नाराका साथ नेपालमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदै
छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विहानै राजधानीको दरवारमार्गमा नेपाल
सरकारले योग शिविरको आयोजना गयो ।
शिविरमा हजारौंको
सहभागीता रहेको थियो । शिविरमा सहभागी हुदै प्रधानमन्त्री केपी शर्मा ओलीले
पूर्वजहरुले असाधारण रुपमा योगको विकास गरेकाले यसबाट विश्वले नै लाभ लिदै आइरहेको
बताए ।
उनले योग नेपालकै धर्तीबाट सुरु भएको दावी गर्दै स्वस्थ जीवनका लागि यसको
उपयोगिता र वैज्ञानिकतालाई सबै आत्मसात गरेको बताए । प्रधानमन्त्री ओलीले गलत
विचारवाट आक्रान्त भइरहेको समाजलाई सही दिशातर्फ मोड्न योगले सबैलाई मार्गदर्शन
दिन सक्ने विश्वास पनि व्यक्त गरे । शिविरमा योगाभ्यासका लागि मन्त्रीहरु, समाजका विभिन्न क्षेत्रका व्यक्तित्व एक साथ जुटेका थिए ।
करिब दुई घण्टा चलेको शिविरमा योग गुरुहरुले योग प्रशिक्षण दिएका थिए । यसैगरि योग
सम्वन्धी विभिन्न व्यक्तिले लेखेका तीन वटा पुस्तक पनि सार्वजनिक गरियो ।
संयुक्त
राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन गत वर्षदेखि यो दिवस मनाउन थालेको जनाएको
छ ।
संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको
रुपमा स्वीकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको
हो । ईमेजखाबरमा खबर छ
।



