काठमाडौं, आयोजक अमेरिकालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल
प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकामा बुधबार बिहान भएको पहिलो
सेमिफाइनल खेलमा अर्जेन्टिना ४ ० ले विजयी भयो ।खेलको
मध्यान्तरसम्म २ ० को अग्रता लिएको अर्जेन्टिनाले
दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
अर्जेन्टिनाका लागि एजिक्वेल लाभेज्जी
र लियोनल मेसीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने
दोस्रो हाफमा गोन्जालो हिगुवानले दुई गोल गरेपछि अर्जेन्टिनाले ४ ० को शानदार जित दर्ता गरेको हो
।यो खेलमा गोल गरेसँगै
लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीको लागि सर्वाधिक गोल गर्ने
खेलाडी बनेका छन् ।
मेसीले ५५ अन्तराष्ट्रिय गोल गरिसकेका
छन् भने यसअघिका कीर्तिमानी खेलाडी गाब्रिएल बाटिस्टुटाको नाममा ५४ गोलको
कीर्तिमान थियो ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा विहीबार बिहान चिली र
कोलम्बिया भिड्नेछन् । इमेजखबरमा खबर छ ।



