पल्सर स्पोर्टस् अवार्ड २०७२ का लागि पिपल्स
च्वाइस अवार्ड विधाको मनोनयनमा पर्ने पाँच खेलाडीको नाम शुक्रबार सार्वजनिक भएको छ
।
पिपल्स च्वाइस अवार्डको मनोनयनमा टेबल टेनिसकी नवीता
श्रेष्ठ, फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली
परेका छन् ।

उनीहरुलाई एसएमएस र फेसबुकमार्फत् भोट गर्न सकिने
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
अघिल्लो संस्करणमा जस्तै ४ ओटा फेसबुक लाइकको एउटा
एसएमएस भोटिङ मानिनेछ ।
मञ्चले एसएमएसका लागि टीएचटी लाइभ सँग
सम्झौता पनि गरेको छ ।
यो वर्षको पल्सर स्पोर्टस् अवार्डमा बर्षका उत्कृष्ट
खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक, पिपल्स च्वाइस, वर्षका
उत्कृष्ट पारा खेलाडी, स्पेसल
अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी र समग्ररुपमा नेपाली खेलकर्मी
सम्मानित हुँदैछन् ।



