मुम्बइ, बलिउड
अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् ।
बन्न लागेको
नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर
उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।
समाचारमा जनाइएअनुसार निर्माता कबिर खानले बनाउन लागेको नयाँ फिल्ममा काम गर्न
दीपिका र अनुश्का शर्मा दुवैले रुचि देखाएका छन् । फिल्ममा अभिनय गर्ने अवसर हात
पार्न अहिले दुवै प्रयासरत छन् ।
भारतीय पत्रिका टीओआईले जनाएअनुसार फिल्ममा काम
गर्ने अवसर पाउने सम्भावना दीपिकाको बढी छ । नागरिक न्युजले छापेको छ ।



