मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण

नेपाल र अर्जेन्टिनाबीच फुटबल खेल भयो भने के होला ? विश्व
फुटबलको ढाँचा हेर्दा यो सम्भवजस्तै छैन । कहाँ विश्व फुटबलको नम्बर १ टिम । कहाँ
फिफा वरीयताको पुछारतिर रहेको नेपाल । अर्जेन्टिनी खेलाडी लियोनल मेसीले सन्यास
लिएपछि पूरा विश्व नै यसको बहसमा उत्रेको छ । मेसीले किन संन्यास लिए
, के
कारणले लिए
, सबै यसको विवेचना गर्न व्यस्त छन् । नेपाल मात्र कहाँ अपवाद
हुन सकेको छ र
?  

यही प्रसङ्गमा हो, त्यो प्रश्न, नेपाल र अर्जेन्टिनाबीच फुटबल भयो भने ? घुमीफिरी तिनै मेसी, अर्का अर्जेन्टिनी पूर्वखेलाडी डिएगो
म्याराडोना
, अनि नेपालबीच गजबको फुटबल समीकरण तयार हुन्छ
। सबैभन्दा पहिले मेसीकै प्रसङ्ग । कोपा अमेरिकाको शताब्दी संस्करणको फाइनलमा
अर्जेन्टिना चिलीसँग हारेपछि मेसीलाई अथाह पीडा भएको हुनुपर्छ । कम्तीमा खेलपछिका
उनका तस्बिरले यस्तै देखाउँछ । अहिलेको आधुनिक फुटबलमा मेसी सबैभन्दा राम्रा
खेलाडीमध्येका एक हुन् ।


 

त्यो पनि
निर्विवाद रूपमा । मेसी फुटबल के खेल्छन्
, जादू गर्छन्
भन्ने धेरै छन् । यिनै मेसीले आफ्नो एक मात्र क्लब बार्सिलोनाका लागि सबथोक जिते ।
ला लिगा
, कोपा डे रे, युरोपेली
च्याम्पियन्स लिग के मात्र जितेनन्
? यसै कारण
उनी पाँचपल्ट विश्वका उत्कृष्ट खेलाडी पनि घोषित भइसकेका छन् । तिनै मेसीले आफ्नो
देश अर्जेन्टिनाका लागि भने केही जित्न सकेका छैनन्
, ठूलो स्तरमा
। उनी उपाधिको नजिक नपुगेका पनि होइनन् । चारपल्ट फाइनल पुगे । तीनपल्ट कोपा
अमेरिकाको फाइनल । एकपल्ट विश्वकपको फाइनल । त्यसपछि अर्जेन्टिनाले पछिल्ला तीन
ठूला प्रतियोगिताको फाइनल खेलेको छ । दुई कोपामा । एक विश्वकपमा । तर प्रत्येकपल्ट
अर्जेन्टिना फाइनलमा पराजित रह्यो । कोपाका पछिल्ला दुई फाइनलको कथा उस्तै रह्यो ।
दुवै अवसरमा अर्जेन्टिना चिलीसँग हारेको थियो । दुवै अवसरमा अर्जेन्टिना
टाइब्रेकरमा निराश हुनुपरेको थियो ।

यसपल्ट अति नै भयो । मेसी पेनाल्टीमै चुके ।
सायद मेसी सपनामा पनि पेनाल्टीमा चुक्दैन होलान्
, तर त्यो दिन
उनको प्रहार पोस्टको दिशा नलिएर बाहिरियो । त्यो बल के बाहिरियो
, खेल सकेको केही समयमै खबर आयो, मेसीले
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । अर्थात् मेसीले फेरि आकासे र सेतो रंगको
धर्सो
धर्सो भएको अर्जेन्टिनी जर्सी लगाउने छैनन् । अब के चाहियो, पूरा विश्व मेसीको समर्थन र विरोधमा उत्रिहाले । केही भने मेसीले संन्यास
फिर्ता लिनुपर्छ भन्नेमा थिए/छन् ।

अमेरिकामा कोपा खेलेर फर्केयता मेसी अन्डरग्रान्उन्ड जस्तै भएका छन् । अर्जेन्टिनी मिडियाले पनि
उनलाई खोज्न सकिरहेको छैन । यसैबीच अर्जेन्टिना मेसीको संन्यासलाई लिएर चलेको बहस
राष्ट्रियताको मुद्दा बनेको छ । एकथरी के भन्छन् भने मेसी खासमा अर्जेन्टिनी नै
होइनन् । कसैले अर्जेन्टिनाको खेलमा उसको राष्ट्रिय गीत बज्दा मेसीले आवाज दिएको
देखेको छ त
? छैन, किनभने उनी
खासमा क्याटलान हुन् । अर्थात् मेसी बार्सिलोनाका हुन् । त्यो फेरि स्पेनी हुनु
होइन ।

सानोमै शरीर बढ्दै नबढ्ने रोग लागेपछि मेसीले
अर्जेन्टिना छाडे । उनी १२ वर्षका मात्र थिए । बार्सिलोनाले मेसीको उपचारको खर्च
उठाउने भएको थियो । पछि मेसी बार्सिलोनाकै एकेडेमी ला मासियामा हुर्के । बढे । फुटबल
सिके । अनि निकै राम्रा खेलाडी बने । मेसीलाई बार्सिलोना र त्यहाँको क्याटलान
राष्ट्रियता खुबै मन पर्छ । त्यसैले रियल म्याड्रिड हार्दा धेरै खुसीमा मेसी पनि
पर्छन् । तर मेसीमा अर्जेन्टिनाबारे यस्तो धारणा खासै छैन भन्ने धेरै छन् ।

अर्काथरी अर्जेन्टिनी यो मान्ने पक्षमा छैनन्
। उनीहरू भन्छन्
, आखिरमा मेसी भगवान् त होइनन् नि, खेल्यो कि सबै जित्ने । पछिल्लो समय अर्जेन्टिना लगातार तीन ठूला
प्रतियोगिताको फाइनल पुगेको थियो । त्यसमा सबैभन्दा ठूलो हात मेसीकै थियो । फाइनल
हार्‍यो त हार्‍यो नि । दोस्रो हुनु के नराम्रोसँग हार्नु हो त
? कोपा खेलमा अर्जेन्टिनी टिम अमेरिका जानुअगाडि म्याराडोनाले भनेका थिए, जित्न सकेनौ भने घर पनि नफर्कनू ।

अहिले तिनै म्याराडोना मेसीले संन्यास फिर्ता
लिनुपर्छ भन्नेतिर छन् । मेसी राम्रो किन म्याराडोना
, यो बहस अहिले ठीक नहोला । तर एउटा तथ्य के निश्चित छ भने मेसी निकै भलाद्मी
खेलाडी हुन् । मेसीको व्यक्तित्वमा खोट लगाउने ठाउँ छैन । तर म्याराडोनाको
व्यक्तित्व
, खोट लगाउने ठाउँ खोज्नु पर्दैन, आफैं भेट्टिन्छ । खासमा म्याराडोना मान्छेका रूपमा निकै खराब छन् । तर तिनका
विरोधमा कोही पनि अर्जेन्टिनी एक शब्द पनि सुन्न चाहँदैनन् ।

यस्तो किन भन्दा उनले अर्जेन्टिनाका लागि
विश्वकप जितेका छन् । संयोग कस्तो भने म्याराडोना लगभग एक्लै अर्जेन्टिनाका लागि
विश्वकप जितेको पनि ठीक यही बेला ३० वर्ष छोएको छ । सन् १९८६ मा मेक्सिकोमा भएको
विश्वकपमा म्याराडोनाले तहल्का नै मच्चाए । इङ्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा उनका
दुई गोल आखिर कसले बिर्सन सक्छ र
? पहिलो गोल
म्याराडोनाले हातले गरेका थिए । त्यो जत्तिको विवादास्पद गोल विश्व फुटबलमै अरू
कोही छैन ।

लगत्तै उनले इङ्ल्यान्डविरुद्ध दोस्रो गोल
गरे
, लगभग छ खेलाडीलाई छलाए । यो भने विश्व
फुटबलकै अहिलेसम्मको नम्बर १ गोल हो । यो जत्तिको सुन्दर
, अविश्वसनीय र सनसनीपूर्ण गोल कुनै छैन । म्याराडोनाको अर्जेन्टिनाले त्यो वर्ष
के विश्वकप जिते
, नेपाली फुटबल समर्थक भुतुक्कै यो टिमको
जबरदस्त समर्थक बने । सन् १९८६ को विश्वकप नेपालमा एनटीभीले देखाएको पहिलो विश्वकप
थियो । त्यो अर्थमा नेपालीको कोठा कोठा छिरेको पहिलो विश्वकप यही थियो ।

विश्व फुटबलमा अर्जेन्टिनी फुटबल नेपाली
समर्थकको फस्र्ट 
भन्दा हुन्छ । त्यसै बेलादेखि नेपाली
अर्जेन्टिनी समर्थक हुन थालेको
,
अहिलेसम्म
त्यो जारी छ । दाबीजस्तै गर्न सकिन्छ
, नेपालमा
अर्जेन्टिनी टिमका समर्थक सबैभन्दा धेरै छन् । तिनलाई
डाइहार्ड फ्यान भन्दा हुन्छ । मेसीले यस्ता समर्थकको
संख्या अझ बढाए । त्यसको प्रमुख कारण भने नेपालमा क्लब स्तरमा बार्सिलोनाका समर्थक
धेरै हुुनु पनि हो । बार्सिलोना भनेपछि मेसी छुट्ने भएन नै ।

के यो सबै अर्जेन्टिना भन्ने देशलाई पनि थाहा
छ र ! नेपालको अर्जेन्टिनी फुटबल प्रेम सुन्दा उनीहरू दंग पर्छन् । आश्चर्य
मान्छन् । जतिले अर्जेन्टिनी फुटबलका कोही न कोहीलाई भेटेका छन्
, सबै यस्तै भन्छन् । सन् २००७ मा ओमानी फुटबल टिम विश्वकप छनोटको खेल खेल्न
नेपाल आएको थियो । त्यति बेला ओमानी टिमका प्रशिक्षक थिए
, ग्याब्रियल क्याल्डारेन ।

यी क्याल्डारेन म्याराडोनका साथी खेलाडी हुन्
। म्&amp